बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक प्रताप दास र मिलन अमात्यको पहिलो ‘वेवी शावर’ गीत सार्वजनिक (भिडियो सहित)


  • माउन्टेन खबर
  • बुधबार, असार १७, २०७७
  • 575
    SHARES

गीतकार दुर्गा खनाल घिमिरे को वेवि शावर (Baby Shower) का लागि रचेको गीत सम्ववत पहिलो नेपाली गीत नै हुन सक्छ जुन गीतलाई D4 Youtube channel ले बजारमा ल्याएको छ ।

परिवारमा सबैभन्दा बढी खुशी त्यतिबेला हुन्छ जुनबेला आफ्नो उत्तरदायित्व लिने बच्चा आमाको कोखमा छ भन्ने थाह लाग्छ । हामी मानवहरू प्रेम,जीवन र वंशजमध्ये वंशजलाई महत्व दिन्छौं किनकी वंशज भनेको फल हो, सृष्टिको निरन्तरता यसै गरि चल्दै आइरहेको छ। जब हामी मानिसहरू खुशी हुन्छौ हामी त्यो बाढ्न खुशी बाढ्नका लागि विभिन्न उत्सव गर्न चाहन्छौ।

अहिले नेपालीहरू संसारभर पुगेका छन् परिवारमा जब नयाँ बच्चा जन्मदैछ भन्ने थाहा पाउनेबित्तिकै नेपाली परम्मपराको दही चिउरा खुवाउने प्रचलनलाई पश्चिमी मुलुकमा गरिने Baby Shower जस्तै गरि मनाउन थालेका छन् । गीतकार दुर्गा खनालले जब नेपाली डान्स डाइरेक्टरकोमा पुगेको समयमा वेवी शावरको केही नृत्य तयारी गर्न आएका दिदी बहिनीहरू र नृत्य निर्देशकको कुरा सुनिन् जिज्ञासा उत्पन्न भयो उनले सोधिन्, नेपालीमा कुनै गीत छैन यसका लागि ? उनले त्यस्तो गीत नभएको थाह पाइन् । त्यहाँ Baby Shower का लागि अरू नै भाषाको गीतको बाेलमा नृत्य तयारी गरेको देखेपछि उनले यो गीत तयार पारेको बताउँछिन। अब यस गीतले Baby Shower को उत्सवलाई अझ रमाइलो र उल्लासमय बनाउने छ ।

दुर्गा खनाल घिमिरेको यस गीतमा स्वर प्रताप दास र मिलन नेवार अमात्यको रहेकाे छ । म्युजिक एरेंज र कम्पोज हेम लामाले गरेका छन् भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले विवेक साउण्ड स्टुडियोमा गरेका हुन् । यस गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह, कलाकारहरू आयुश रिजाल,अन्जली अधिकारी, रश्मी भट्ट ,कमलकान्त मैनाली रहेका छन् भने सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा, ईडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहेका छन् । यस गीतको प्रोडक्सन D4 Creation ले र निर्देशक गम्भीर विष्टले गरेका हुन् ।

Baby Shower song भए पनि विदेशमा बस्ने नेपालीलाई आफ्नो देशको बैवाहिक परम्परा कस्तो रहेछ भन्ने देख्न समेत पाउने गरि यस विवाहमा परिवारको मूल्यमान्यतालाई जोड दिँदै माइतीको आगनमा नाच्ने खेल्ने गरेको अवस्थादेखि पराइघर जाँदै गर्दाको र गर्भवती भएर नयाँ बच्चालाई स्वागत गर्नेबेला सम्मलाई समेटेर भिडियो तयार गरिरहेको छ । नवआगन्तुक बच्चाको आगमनमा दम्पतीलाई शुभकामना दिँदै बच्चालाई समेत स्वागत गरिएको छ ।

आफूले म्युजिक तयार गरेको यस वेवी शावर गीत सम्भवतः नेपालको पहिलो Baby Shower गीत भएको र आफूले यो गीतमा संगीत भर्न पाउँदा ज्यादै खुशी लागेको बताउँछन् म्युजिसियन हेम लामा । दुर्गा खनाल घिमिरेका अन्य गीतहरू पशुपतिमा सुनको गजुर, मौनतामा, नेपालकी छोरी, परदेशीको तिहार जस्ता थुप्रै Music भिडियो D4 creation Youtube channel मा हर्न र सुन्न पाईन्छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:- 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)