बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको खोप २०२१ सम्म सम्भाव छैन डब्लूएचओ


  • माउन्टेन खबर
  • बिहिबार, साउन ८, २०७७
  • 399
    SHARES

काठमाडौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप प्राप्त हुन अझै समय लाग्‍ने र संक्रमणसँग लड्नका लागि धेरै काम गर्न बाँकी रहेको जनाएको छ । कोरोना भाइरसविरुद्धको सम्भावित खोप मानवीय परीक्षणमा सकारात्मक नजिता आउनु अति उत्साहजनक र खुसीको कुरा रहेपनि खोप प्राप्त गर्न अझै समय लाग्ने जनाएको छ।

डब्लूएचओको आपतकालीन कार्यक्रमका निदेर्शक डा. माइक रायनले २१ जुलाईमा कोरोना भाइरसविरुद्धको सम्भावित खोपमा काम गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई सकारात्मक नतिजाका लागि बधाई दिए ।

तर उनले कोरोना भाइरसको खोप बनाउन लागेका शोधकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि सन् २०२१ को सुरुवातभन्दा अगाडि खोप निर्माणको सम्भावना नरहेको बताए । उनले खोप उत्पादनमा ढिलाइ भए पनि खोपको सुरक्षा मानकमा कुनै कमी गर्न नहुनेमा जोड दिए ।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहान बहरबाट सुरु भएको नोभेल कोरोना भाइरसको महामारीका कारण विश्वले ठूलो क्षति व्यहोर्नु परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)