बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,शुक्रबार थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ९, २०७७
  • 684
    SHARES

काठमाण्डौं। नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज ११ का ८५ वृर्षिया वृद्धको शुक्रबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतक निमोनिया र मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । कोभिड पोेजेटिभ देखिएपछि ८ गते अस्पताल भर्ना भएकी वृद्धको आज निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा काठमाडौं उपत्यकाका मात्रै १० जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ । शुक्रबार थप १ सय ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । शुक्रबार ३ हजार ९ सय ८७ पिसिआर परीक्षण भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)