शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा पछिल्लो २४ घन्टामा मात्रै ५० हजार भन्दा बढीमा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, साउन १२, २०७७
  • 385
    SHARES

नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घन्टामा मात्रै ५० हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या १४ लाख ३६ हजार नाघेको छ ।

कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा ३२ हजार ८ सयभन्दा बढी छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ७ सयभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

संक्रमण दर उच्च भए पनि पछिल्लो समय मृत्युदरमा भने विश्वमै कमी आएको छ । भारतमा पनि कोरोना संक्रमणपछि निको हुनेको संख्या ९ लाख १८ हजारभन्दा बढी छ । यसै गरी विश्वमै कोरोना जितेर घर फर्कनेको संख्या १ करोड नाघेको छ । विश्वमा १ करोड ३१ हजारभन्दा बढी कोरोना  संक्रमणपछि निको भएका छन् ।

विश्वमै कोरोनाबाट बढी प्रभावित मुलुकहरु अमेरिका र ब्राजिलमा विगत केही दिनदेखि कोरोना संक्रमण दर र मृत्युदर दुबैमा कमी आएको छ । विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ६३ लाखभन्दा बढी छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख ५१ हजारभन्दा बढी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)