बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रहरी हेडक्वार्टरमा थप २३ जनामा कोरोना संक्रमण देखियो


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १३, २०७७
  • 551
    SHARES

काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी महानिरिक्षकको सचिवालयका एसएसपी कुवेर कडायतका अनुसार उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

मंगलबार संक्रमण पुष्टि भएका अधिकांश एमटी शाखामा कार्यरत प्रहरी छन् । प्रहरी प्रधान कार्यालयका संक्रमितका संख्या २७ पुगेको छ । यसअघि चार जनालाई संक्रमण देखिसकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)