आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विकास समितिमा सांसदहरुको आक्रोशित


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १६, २०७७
  • 526
    SHARES

काठमाण्डौ। नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्न नसकेको विषयलाई लिएर सांसदहरुले प्रस्न उठाएका छन् ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा उपस्थित भएका सांसदहरुले फोरजी विस्तारमा टेलिकमले काम गर्न नसकेको र अन्य सुविधा समेत प्रभावकारी नभएको बताएका हुन । यस्तै निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलसँग नेपाल टेलिकम प्रतिस्पर्धा गर्न नसकेको भन्दै टेलिकमलाई निजीकरण गर्नु सझाव समेत दिए ।

राज्यले नै निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि टेलिकमलाई निजीकरण गर्नुको विकल्प नरहेको सांसदहरुले बताएका हुन् । फोरजी सेवा विस्तार हुन नसक्नुका वास्तविक कुराहरु बाहिर नआएसम्म टेलिकम नसुध्रिने समेत सांसदहरुले बताए ।

सरकारले सुविधा र फाइदा जति एनसेललाई दिने तर टेलिकमलाई सधै पछाडि पार्ने गरेको आरोप समेत सांसदहरुले लगाएका छन् । सांसदहरुले गुणस्तरीय सेवा दिन नसक्ने टेलिकमको कामकारबाही छानविन गर्न समितिबाट उपसमिति गठन गर्नुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }