बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

“बिकास क्रमिक रुपमा हुने प्रक्रिया हो” प्रमुख उत्तरगया गाउँपालिका ,रसुवा


  • माउन्टेन खबर
  • शनिबार, साउन १७, २०७७
  • 1.1K
    SHARES
संघीयता कार्यान्वयनमा आएको तीन वर्ष नाघिसकेको छ । सिंहदरबार गाउँ गाउँ मै आइ जनताका अपेक्षा पूरा गर्ने आश्वासनसहित निर्वाचित जनप्रतिनिधिले अहिले काम गरिरहेका छन । माउन्टेन खबरले स्थानीय सरकारका पछि तीन वर्षका काम बारे समिक्षा थालेको छ । सोही क्रममा रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल सङ्ग गरिएको कुराकानी…..
      गाउँपालिका गठन भएको तीन वर्ष पुगिसकेको छ, सिंहदरबार गाउँ आएपछिको यो अवधी कस्तो रह्यो  ?
सिहदरबार गाउँमा आएको भन्ने कुरामा म पुर्ण सहमत छैन । यध्यपी संघियताको अभ्यासपछी स्थानिय तहबाट ग्रमिण क्षेत्रमा बस्ने नागरिकहरूको जीवनमा आईरहने सामाजिक समस्याहरूको समाधान स्थानिय तह ले गर्दै आको छ । यसको आधार भनेको नागरिकहरूको प्रत्यक्ष स्थानिय तहमा र आफ्नो जनप्रतिनिधि समक्ष पुग्ने पहुच नै मुख्य आधार मानेको छु।

 

गाउँपालिकाको आजसम्मको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ  ?

धेरै लामो समय सम्म जनप्रतिनिधि बिहीन भएर रहेको तत्कालिन स्थानिय निकाय हरू संघियता को कार्यन्वयन पछी स्थानिय तहको रूपमा स्थापना हुँदै गर्दा जनता को अगाडि धेरै समस्या तथा आवश्यकता थिए । छोटो समय मै ती समस्या समाधानमा गाउँपालिका सफल बनेको छ । गाउँपालिकाले आफ्नो सिमित साधन र श्रोत लाई अधिकतम उपयोग गर्दै कामहरू गर्दै आएको छ । यसमा म सन्तुष्ट नै छु।

 

संघ र प्रदेशको भुमिका कस्तो छ ?
संघ र प्रदेस पनि संघियताको अभ्यास गरीरहेका छन । संघ प्रदेस को भुमिका बाट म आफु सन्तुष्ट छैन। किनकी स्थानीय सरकारसङ्ग अहिले स्रोत र साधनको कमि छ तर, जिम्मेवारी धेरै छ । त्यसकारण हामी स्थानीय तहमा बसेर माथिल्लो सरकार बाट अझ प्रभावकारी भुमिकाको अपेक्षा गर्छौं ।

 

कोरोना नियन्त्रणमा सबैभन्दा बढी खटिएर गाउँपालिकाले संघीयताको सफल कार्यान्वयन गरेको सुनिन्छ, तपाईंको धारणा के छ ?

यो बर्ष कोभिड १९ को महामारी र संक्रमण रोक्न सकिने जति सबै खालका प्रयास गरिएको छ। प्रयास जारी नै छ । खासगरी क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामग्रीको जोहो, स्वास्थ्यकर्मीको उपलब्धताका लागि हामिले काम गरेका छौँ । जनपरिचालनमार्फत पनि धेरै काम भएका छन् । यो सकारात्मक हो ।

 

बिगत तीन वर्षमा गाउपालिकामा भएका मुख्य परिवर्तन के हुन ?

बिगत ३ बर्षमा पुर्बाधार बिकास को कामहरूलाई नै हामिले प्राथमिकता राखेर काम गर्यौ। गाउँ बस्ती हरू सडक सन्जाल ले जोडिनु सबै भन्दा मुख्य काम हो । जनताको आवश्यकता र चाहना अनुसार सिचाई, खानेपानी,स्वास्थ ,शिक्षा,लगायतका क्षेत्रमा उलेख्य काम भएका छन। पर्यटन पुर्बाधार को लागि काम हरू भएका छन।

 

अगाडि बढेका बिकास निर्माणका कार्यक्रम के हुन ?  यो साल कुन कुन कार्यक्रमलाई प्राथमिकता दिदै हुनुहुन्छ ?

यो आ.ब. हामिले पुर्बाधार बिकास सगै उत्पादन संग किसान र युवा लक्षित कार्यक्रम गाउँ पालिकाले अगाडि बढाउदै छ। बिकास भनेको बिस्तारै हुदैजाने कुरा हो। हामी संग धेरै योजनाहरू छन । त्यसलाई पालिकाले क्रमिक रूपमा पूरा गर्दै जाने छ। राम्रा कामको समर्थन र भएको गल्ती औल्याउने काममा आम जनता, संचारमाध्यमबाट हामीले अपेक्षा गरेका हुन्छौं । किनकी यो कार्यकाल हामी पनि सिक्दै अगाडि बढ्ने हो । अहिले बलियो जग बसाउन सकियो भने आगामी दिन पक्कै उज्ज्वल हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }