काठमाडौ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।उप्रेती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव समेत हुन् । बोर्डमा उनको कार्यकाल ४ वर्षको हुनेछ ।
