शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लेबननको राजधानी बेइरुतमा ठूलो विस्फोट


  • माउन्टेन खबर
  • बुधबार, साउन २१, २०७७
  • 573
    SHARES

काठमाडौं । लेबननको राजधानी बेइरुतमा सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि मंगलबार ठूलो विस्फोटन भएको छ। विवरणहरूका अनुसार सो विस्फोटन शहरको बन्दरगाह क्षेत्रमा भएको थियो। अपुष्ट समाचारहरूमा दोस्रो विस्फोटन पनि भएको जनाइएको छ। अधिकारीहरूले निकै हताहती भएको हुनसक्ने बताएका छन्।

अनलाइनमा राखिएका भिडिओमा विशाल धूवाँको मुस्लो र धेरै क्षति भएको देखिन्छ। राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ। फैसला शुक्रवार हुँदै थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)