अयोघ्या। भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ ।
राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा निर्माण गर्न लागेको भगवान रामको मन्दिरको भारतिय प्रधानमन्त्री मोदीले बुधबार भूमि पूजा गरी जगको ढुंगो राख्नुभएको हो ।
भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय जनता पार्टीको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेललगायतको उपस्थिति थियो ।
सो अबसरमा भारतिय प्रधानमन्त्री मोदीले नेपालको भगवान श्री राम संगको आत्मीय सम्बन्ध माता जानकी संग जोडिएको बताउनु भयो।
भूमि पूजा गर्नुअघि मोदीले हनुमानगढीमा पूजा तथा आरती गर्नुभएको थियो । मोदीले रामललाको दर्शन गर्दै साष्टांग दण्डवत् गर्नुभएको थियो ।
यसअघि अयोध्या जमिन विवादमा सर्वोच्च अदालतले राम मन्दिर बनाउन पाउने फैसला गरेको थियो । उक्त फैसलालगत्तै केन्द्र सरकारले मन्दीर निर्माणका लागी कोष बनाएको थियो ।
राम मन्दिर १६१ फीट अग्लो हुनेछ र यसमा पाँचवटा गुम्बज बनाइनेछ ।’
मन्दिर निर्माणमा तीनदेखि साढे तीन वर्ष लाग्ने बताइएको छ ।
ऐजेन्सी
