शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतका डलर अर्बपति मुकेश अम्बानी धनीको सूचीमा एक तह माथि उक्लिय


  • माउन्टेन खबर
  • शनिबार, साउन २४, २०७७
  • 720
    SHARES

एजेन्सी । कोरोना भाइरस महामारीले विश्वव्यापी रुपमा गम्भीर असर पारिरहेका बेला भारतका डलर अर्बपति मुकेश अम्बानी धनीको सूचीमा एक तह माथि चढेका छन । उनी अहिले विश्वको चौथो धनी भएको ब्लुमवर्गले जनाएको छ ।

अम्बानीले पछिल्लो समयमा युरोपका धनाढ्यहरुलाई पछि पार्दै विश्वको चौथो धनी बनेका दी इकोनोमिक टाइम्सले जनाएको छ । रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष अम्बानीको सम्पत्ति बढेर ८० अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । एक बर्षका बीचमा मुकेशको सम्पत्ति २२ अर्ब डलर बढेको छ ।

कोरोना महामारीकाबीचमा विश्वका २५ जना धनाढ्यको सम्पत्ति बढेको छ । ‘ब्लुमवर्ग बिलियिर इन्डेक्स’का अनुसार मुकेशले फ्रान्सका वनार्ड अर्नाल्टलाई पछि पारेका छन ।

अर्नाल्टको एलभीएमएच कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएपछि विश्वको ५०० धनी मध्ये सबै भन्दा बढी गुमाएका छन । उनको सम्पत्ति २५ अर्ब १० करोड डलर घटेको छ । यसअघि उनको सम्पत्ति ८० अर्ब २० करोड डलर थियो ।

पछिल्ला साता मुकेशले सिल्कन भ्याली टिटानका संस्थापक इलन मस्क, अल्फावेट इंकका सहसंस्थापक सर्गेइ ब्रिन र ओराकलका ल्यारीपेज र हाथवे इन्भेस्टमेन्टका संस्थापक वारेन वफेटलाई पछि पारेका छन ।

कोभिडका कारण पेट्रोलियम पदार्थको व्यापारमा भारी गिरावट आएपनि रिलायन्सको सेयर मूल्य दोब्बर वृद्धि भएपछि मुकेशको सम्पत्ति बढेको हो ।

यसबीचमा उनले फेसवुक इंक र गूगल इंकलगायत एक दर्जन अमेरिकी कम्पनीहरुले टेलिकम कम्पनी जीओ प्लेटफर्म लिमिटेडमा लगानी गरेपछि रिलायन्सको सेयर मूल्य बढेको हो । सन २०२० सुरु भएपछि उनले विदेशबाट थप २० अर्ब डलर लगानी भित्र्याएका छन ।

अम्बानीले विस्तारै आफनो ई–कमर्श, डिजिटल प्लेटर्फममा लगानी विविधिकरण गरेका छन । मुकेशका गुगले विश्वको बढी जनसंख्या भएको भारतमा थप १० अर्ब डलर लगानी गर्ने बताएको छ ।

यस्तै रिलायन्स विश्वको दोस्रो महंगो कम्पनी भएको छ । ब्राण्ड भ्यालुको हिसावले आईफोन निर्माता एप्पल इंक पहिलो र रिलायन्स दोस्रो स्थानमा छ । मुकेशले ऊर्जा, पेट्रोकेमिकल्स, टेलिकम हुँदै खुद्रा व्यापार ई–कमर्शमा लगानी बढाएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)