बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बा ” प्रति समर्पित गायक सुरेश ढुंगानाको गीत तथा म्युजिक भिडियो “बाबा ” सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३, २०७७
  • 627
    SHARES

काठमाण्डौ।   गायक सुरेश ढुंगानाको गीत तथा म्युजिक भिडियो “बाबा ” सार्वजनिक भएको छ। सत्य-स्वरूपको संगीत रहेको सो गीतका रचनाकार कुमार खत्री हुन् भने एरेञ्जर आमोस तामांग रहेका छन्। पाना आर्ट्सले पोस्ट प्रडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन्।

गीतले आफ्ना सन्तानका लागि पिताको योगदान र समर्पणको कथा बोलेको गायक ढुंगानाले बताए। आमाका बारेमा धेरै गीत, संगीत तथा साहित्य सिर्जना भए पनि त्यसको तुलनामा “बा” को बारेमा धेरै कम लेखिएको हुँदा एउटा पिताले सन्तानको लागि गरेको संघर्षको विषय आफ्नु रोजाईमा परेको र गीत संगीत मार्फत आम दर्शक तथा श्रोतको सामु ल्याएको उनको भनाई छ। गीत पूर्णरूपमा पिता प्रति समर्पित भएको हुँदा कुशे औंशीको (बुवाको मुख हेर्ने दिन) दिन सार्वजनी गरिएको गायक ढुंगानाले बताए। गीतमा पिताको शक्ति, ज्ञान, मेहेनत, विश्वास र इच्छाको चर्चा गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)