बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविचको बिवाद अन्त्य


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ४, २०७७
  • 667
    SHARES

काठमाडौं । नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविचको बिवाद सहमतिमा टुंगिएको छ । रंग पत्रकार सुबेदीले एक टेलिभिजन कार्यक्रममा नायिका शर्मा प्रति लक्षित गर्दे अशिष्ट भाषको प्रयोग गरेपछि बिवाद उत्पन्न भएको थियो ।

सुबेदीको शैली प्रति असमति जनाउदै चलचित्र संग सम्बन्धित ७ वटा संस्थाले आपत्ति जनाउदै कारबाहीको माग गरेका थिए भने नायीका शर्माले प्रेश काउन्सिल लगायत बिभिन्न संस्थामा उजुरी दिनुभएको थियो । यता सुबेदीले कार्यक्रम मार्फत नै पटक पटक माफि मागेका थिए । एउटै क्षेत्रमा कार्यरत दुई ब्यक्ति बिचको द्धन्द्धले यस क्षेत्रमा नै असरपर्ने भन्दै सहमतिका लागि प्रयास भएको थियो ।

चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा बिहिबार पूजा र प्रकाशविच सहमति भएको हो ।

सहमति अनुसार प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशिल र र सचेत रहने कुरा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)