शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जन्मदिन-कविता


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ९, २०७७
  • 1.5K
    SHARES
आमा ❤️ आजै हो म रूंदा तिमी हांसेको दिन !
नौ महिना कोखमा हुर्कायौ आमा बदला,
कयौं पटक लात्ती प्रहार गरें कति पीडा दिएं
सह्यौ आमा दिंन्न कहिल्यै अब कष्ट तिमीलाई
आजै हो आमा मैले बेस्सरी पीडा दिएको दिन ।
दिनभर धान रोपेर फर्केकी थियौ
एक्कासी प्रशव बेदनाले छट्पटियौ अंध्यारो कोठीमा
भित्ता समाउदै चिच्यायौ करायौ अनि रोयौ तिमी
आजै हो आमा तिमी मेरो कारणले रोएको दिन ।
दिनभर को थकानले शिथिल तिमी
तथापि सह्यौ मेरो कुस्ती परेड संसार देखाउन धरती टेकाउन
छुट्टै अस्तित्व मलाई दिन निरन्तर लाग्यौ तर…
आजै हो आमा म तिमी प्रति कठोर बनेको दिन ।
जन्मायौ मलाई तृतीय सन्तानको रूपमा
रूंदै थिएं धरती टेक्दै थिएं तिमी मुस्काउदै थियौ,
संसार देखायौ धरती टेकायौ आमा ऋणी छु सदैव तिमी प्रति ,
हो आमा, आजै हो म रुंदा तिमी हाँसेको दिन ।
-बोधराज रेग्मी
(दिनांक २०७७/०५/०९ )

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }