बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बालाजुस्थित जनमैत्री अस्पताल कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०७७
  • 521
    SHARES

काठमाण्डौ,१५ भदौ।   भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ । सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको उक्त अस्पताल आजदेखि सञ्चालनमा आएको हो ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको विशेष पहलमा सरकारले निर्णय गरेपछि  १०० वेड क्षमतासहितको  उक्त अस्पतालआजदेखि सञ्चालनमा आएको हो । उक्त अस्पतालमा शुरुको चरणमा ६ जना चिकित्सक र १२ जना नर्सले सेवा दिनेछन् । बिरामीको अवस्था हेरेर स्वास्थ्य जनशक्ति थप गरिने महानगरपालिकाले जनाएको छ ।

विसं २०७२ को भूकम्पपछि उक्त अस्पताल बन्द हुँदै आएको थियो । अस्पताल खुलाउन काठमाडौँ महानगरपालिका–१६ ले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै पत्राचार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)