शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कल्पनाका डुबुल्कीहरु – कविता, राम लामा अविनाशी


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १८, २०७७
  • 1.3K
    SHARES

कल्पनाका डुबुल्कीहरु    

 

पहाडको फेदीदेखि

समुन्द्रको छेउ सम्मका

हरेक छालका बेगहरुमा

आँखाले केही खोजिरहेका छन् ।

 

नियालिरहेको सुन्यतामा

पातल देखि आकाससम्म

कुहिरोमा लुकामारी खेल्दै

सिरसिरे हावाका बेगसंगै

भौंतारिरहेका यी दृष्‍टिहरु

कहिले बादल भित्र पस्दै-निस्किँदै

कहिले समुन्द्री छालका तरङ्गहरुमा समाहित हुंँदै

क्षितिज र सागरको मिलनबिन्दुमा

निराश बनेका यी नयनहरु

कल्पनामा डुब्न थालेछन् । 

 

समुन्द्री बोटको दाहिने सिटमा

फुर् फुर् उडेको कपाल सम्हाल्दै

मसक्क मस्किएर

रसिला बन्दै गईरहेका ती नयनहरु

आफुतिर सोझिएका ती गुलाफी ओठहरु

नजिक अनी झन् झन् नजिक

आफ्नो गलबन्दीको सप्को

हावाले उडाएर मुख मा ट्याप्प हुंँदा

कल्पनाको रङ्गीन क्षणको अन्त

वास्तविकताको उदासी यो पल

भावनामा पो डुब्न थालेछ ।

 

यदि जिन्दगी समुन्द्र जस्तै भईदिएको भए

न बांच्नको लागि कष्ट, न त मृत्‍युका लागि चिन्ता

न सफलतामा हर्ष, न त असफलतामा बिस्मात

न अंध्यारोको असर, न त उज्यालोको प्रभाब

न लालच धन दौलतको, न त त्रिष्णा यौबनको

सागरझैंँ भूगोलको गर्भमा सदा-सदाका लागि

न जीवन कथा बन्थ्यो, न त ईतिहास नै । 

 

 

राम लामा अविनाशी, अमेरिका ।

[email protected]

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }