बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चाह हरु उम्लिएर पोखिन थाले पछि… गजल


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०७७
  • 644
    SHARES
चाह हरु उम्लिएर पोखिन थाले पछि…
चाह हरु उम्लिएर
पोखिन थाले पछि
चुल्बुले मन विवशताले
रोकिन थाले पछि
कहां जाऊ र के गरूँ वशमा
छैन यो मन
जिवन मरण तराजु मा
जोखिन थाले पछि
साह्रै गाह्रो हुदों रैछ पीडा
ले मन रूदों रैछ
पानी माथी ओभानो भै
चोखिन थाले पछि
परिस्थिति संगै तब
मनस्थिति बदलियो
पराई हरु आफ्नो संम्झी
बोकिन थाले पछि
समुद्र का छालसरी
तरंगित अन्तरंग
अचानक झोक्किन र
ठोक्किन थाले पछि

-बोध रेग्मी

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)