शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आफ्ना सेवालाई प्रविधि मैत्री बनाउदै कर्मचारी सञ्चय कोष


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 539
    SHARES

काठमाडौं, ३० भदौ । कर्मचारी सञ्चय कोषले आफ्ना ग्राहकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउँन कोषबाट प्रवाह गरिने सेवालाई प्रविधिमैत्री बनाउँने भएको छ ।

विश्वका नविनतम सूचना र प्रविधिलाई अपनाएर ग्राहकलाई सेवा दिन कोषले ५९ औं वार्षिकोत्सवको अवसरमा ललितपुरको केन्द्रीय कार्यालयको नयाँ भवनमा डाटा सेन्टरको व्यवस्थापन गरेको हो । उक्त डाटा सेन्टरको उद्घाटन कोषका अध्यक्ष एवं राजस्व सचिव रामशरण पुँडासैनीले मंगलबार उद्घाटन गरेका हुन् ।

 

कोषले प्रवाह गर्ने सेवालाई नविनतम बनाउँन प्रविधिलाई प्राथमिकता दिइने अध्यक्ष पुँडासैनी बताउँछन् । सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुबाट कोषमा जम्म भएको रकमलाई देशको विकासका लागि पुर्वाधार निर्माणमा लगाउँने उनी बताउँछन् । हालसम्म कोषमा ६ लाख २८ हजार कर्मचारीको करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी सञ्चित रकम जम्मा भएको छ ।

कोषले पुर्वाधार एवं ठूला परियोजनामा लगानी गरी सञ्चयकर्ताहरुलाई उच्चतम प्रतिफल दिँदै आएको पुँडासैनीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }