बुधबार, बैशाख २६, २०८१

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार किशोर निरौला र टेक खड्कालाई


  • माउन्टेन खबर
  • सोमवार, अशोज ५, २०७७
  • 581
    SHARES

काठमाडौं,५ असोज।

यस बर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको हिजो बसेको बैठकले उहाँहरुलाई सो पुरस्कार दिने निर्णय गरेको नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले जनाएको छ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी तथा सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले सो पुरस्कार स्थापना गरेको हो ।

विभिन्न टेलिभिजन च्यानलमा प्रसारण भएका जोखिमपूर्ण समाचार अथवा समाचार सामग्रीहरुमध्ये उत्कृष्ट सामग्रीलाई छनौट समितिले छान्ने प्रचलन रहेको छ । पुरस्कारका लागि यस बर्ष नेपाल टेलिभिजन सहित अन्य टेलिभिजनका समेत गरी ११ वटा समाचार सामग्रीहरु प्राप्त भएका थिए ।

छनौट समितिमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नेपाल टेलिभिजन समाचार महाशाखाका प्रमुख मनोहरी थापा, पत्रकार बबिता बस्नेत तथा नेपाल  पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका उपाध्यक्ष बेन्जु ढुंगेल रहनुभएको थियो ।

५१ हजार रुपैयाँ राशिको सो पुरस्कार हेम-सुनिल  स्मृति दिवशका अबसरमा यही असोज ७ गते नेपाल टेलिभिजनमा आयोजना गरिने समारोहमा वितरण गरिने नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }