शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आइतबार नेप्से परिसूचकमा ४.२९ अंकको वृद्धि


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०७७
  • 202
    SHARES

काठमाण्डौ,११ असोज।

आइतबार (आज) नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४.२९ अंक वृद्धि भई १५६५.५५ विन्दुमा उक्लिएको हो ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । १९१ कम्पनीको ४२ हजार १०८ पटकको शेयर कारोबारमा एक करोड ९९ लाख ७२ हजार कित्ता शेयर ३ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री सोल्टी होटल लिमिटेडको भएको छ । यो कम्पनीको ४८ करोड ५६ लाखभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि वेष्ट फाइनान्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ९.९२ प्रतिशत वृद्धि भएको हो । आज यो कम्पनीको शेयर मूल्य १३३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ७.११ प्रतिशत घटेको हो । आज यो कम्पनीको शेयर मूल्य १८ हजार २५ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी समूहको परिसरिसूचकमा कमी आएको छ । शेयर मूल्य वृद्धि हुनेमा बैंकिङ्ग समूह १.१ प्रतिशत, होटल समूह २.९८ प्रतिशत, विकास बैंक समूह ०.७१ प्रतिशत, वित्त समूह १.५४ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.२६ प्रतिशत रहेका छन् ।

त्यस्तै परिसूचक घट्नेमा उद्योग समूह ०.१८ प्रतिशत, हाइड्रोपावर समूह १.०१ प्रतिशत, निर्जीवन बीमा समूह ०.९१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४७ प्रतिशत, अन्य समूह ०.१५ प्रतिशत, लघुवित्त समूह ०.२६ प्रतिशत र जीवन बीमा समूह ०.८६ प्रतिशत रहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }