शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेट राजस्थान रोयल्स विजयी


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 1.5K
    SHARES

इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। शारजाह क्रिकेट रंगशालामा भएको खेलमा किङ्ग्स इलेभन पञ्जाबलाई चार विकेटले पराजित गर्दै राजस्थान रोयल्सले प्रतियोगितामा आफ्नो दोस्रो जित हात पार्‍यो।

टस हारेपछि ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रनको योगफल बनाएको थियो। २ सय २४ रनको फराकिलो लक्ष्य पाएको   राजस्थानले सो लक्ष्य १९ ओभर तीन बलमा ६ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । हिजोको जित राजस्थानको कीर्तिमानी जित समेत हो ।

आईपीएलमा कुनैपनि क्लबले सफलतापूर्वक पार गरेको यो सर्वाधिक ठूलो योगफल हो। राजस्थानको जितमा  म्यान अफ द म्याच घोषित सञ्जु स्यामसनले ८५ रन र कप्तान स्टीभ स्मिथले ५० रनको योगदान गरे।

पञ्जाब यसअघिको खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । यसैबीच आईपीएलअन्तर्गतको दशौँ खेलमा आज गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर बीच प्रतिस्पर्धा हुँदैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)