शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समितिको निर्देशन

बलात्कारका घटनामा संलग्नले उन्मुक्ति नपाओस:राज्य व्यबस्था समिति


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 231
    SHARES

काठमाण्डौ,१४ असोज। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कुनै पनि बाहनामा छुट नदिन सरकारलाई निर्देशन दिएको छ ।

समितिमा आज भएको छलफलपछि बलात्कारका घटनामा संलग्न व्यक्तिलाई छुट नदिन र अनुसन्धान र कारवाही नगर्ने प्रहरी अधिकारीलई समेत कानूनी दायरामा ल्याउन निर्देशन दिएको हो ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा घटेका बलात्कारका घटनाका बारेमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक शैलेश थापासँगको छलफलपछि समितिले बलात्कारका घटना मिलापत्र गराउने व्यक्ति र निकायलाई बलात्कारको मतियारको रुपमा कारवाही गर्न पनि निर्देशन दिएको छ ।

त्यसका लागि कानूनी व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समितिसभापति शशि श्रेष्ठले बताउनुभयो । बलात्कारीलाई निर्मतापूर्वक सजाय दिन संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून संशोधनको भाग उठिरहेको उहाँले बताउनुभयो । बलात्कारीलाई कारवाही गर्ने पर्याप्त कानून भएपनि कार्यान्वयन नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘बलात्कारीलाई कठोर सजाय दिएमा बलात्कारका घटनामा कमि आउँछ । अहिले मृत्युदण्ड वा लिंग छेदन गर्ने गरी संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनमा संशोधन गर्न सांसदहरु र जनस्तरबाट पनि प्रश्न उठिरहेका छन ।’’

 

समितिले तत्काल कारवाही गर्ने र पीडितलाई न्यायसहितको क्षतिपूर्तिसहित शिक्षा, स्वास्थ्य बसोबासको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । यस्तै बलात्कार भएको प्राविधिक परीक्षण गर्ने प्रविधि ७७ वटै जिल्लामा पु¥याउनुपर्ने, सामाजिक, सुरक्षा प्रणालीमा सुधार गर्नु गर्दै प्रहरी संगठनलाई जिम्मेवार बनाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }