मङ्लबार, कार्तिक ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परियोजनाका कागतपत्रहरुलाई डिजिटाइज गर्दै दूरसञ्चार प्राधिकरण


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 760
    SHARES

काठमाण्डौ,१६ असोज।   गत आर्थिक वर्षदेखि कार्यालयका सम्पूर्ण कामहरु अटोमेसनमार्फत संचालन गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले अब आफ्ना परियोजनाका कागतपत्रहरुलाई डिजिटाइज गर्ने भएको छ ।

टेलिकम क्षेत्रको नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा ग्रामीण दूरसञ्चार विकास कोषअन्तरगतका परियोजनाका कागतपत्रहरुलाई डिजिटाइज गर्न लागेको हो ।

जसअन्तरगत प्राधिकरणले  डिजिटाइन कार्यका लागि रेडियन्ट इन्फोटेक नेपाल प्रालिलाई जिम्मा दिएकोछ । सो कम्पनीले प्रोजेक्टका कागतपत्रहरु र प्रोजेक्टका प्रकृयाहरुलाई अटोमेसनमा लैजानका लागि परामर्शदाताको रुपमा काम गर्नेछ भने सो कम्पनीले आवश्यक सफ्टवेयरलगायत तयार पार्नेछ ।

‘अहिले ग्रामीण परियोजनाहरुको मात्र कागतपत्रलाई डिजिटाइज गरिनेछ जसका लागि कम्पनीले आवश्यक सफ्टवेयरसमेत बनाउने’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिनु भयो।

उहाकाअनुसार कार्यालय अटोमेसनमा गईसकेको हुँदा कागतपत्रहरुलाई समेत डिजिटाइज गर्ने प्रकृयाको शुरुवात भएको हो। आगामी दिनमा कार्यालयका सम्पूर्ण पुराना कागतपत्रहरुलाई पनि डिजिटाइज गरिनेछ ।

प्रोजेक्टका कागतपत्रलाई डिजिटाइज गर्नका लागि २५ लाख १२ हजार ७५० रुपैयाँमा सो कम्पनीलाई जिम्मा दिईएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)