शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 483
    SHARES

काठमाण्डौ,१६ असोज । साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गर्नुभयो ।

जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ ।

विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गर्नुभयो ।

जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उहाँले चर्चा गर्नुभयो । यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुती रहेको उल्लेख गर्नुभयो ।

यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गर्नुभएको थियो । यस्तै कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राख्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }