शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महालक्ष्मी नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 505
    SHARES

ललितपुर,१७ असोज। महालक्ष्मी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड महामारीका बिरामीलाई मात्र बोक्न महालक्ष्मीले सो एम्बुलेन्स सेवा प्रयोगमा ल्याएको हो ।

कोरोना सङ्क्रमितको स्वास्थ्यलाई ध्यानमा निःशुल्क रुपमा एम्बुलेन्स सेवा दिने निर्णय गगरिएको नगरपालिकाका उपप्रमुख निर्मला थापाले बताउनुभयो ।

नगरपालिकामा हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ३६१ जसमा १८६ पुरुष र १७५ महिला रहेकामा सङ्क्रमण निको हुनेको सङ्ख्या २२३ रहेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सक्रिय सङ्क्रमित १३६, होम आइसोलेसनमा बसिरहेका ११६ र विभिन्न अस्पतालमा उपचार गराइरहेका २० बिरामी रहेका छन् ।” हालसम्म महालक्ष्मीका दुई व्यक्तिले कोभिडका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }