मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न महानगरको निर्देशन


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २१, २०८०
  • 78
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ ।

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनअनुसार महानगपालिकाको शिक्षा विभागले अधिकांश संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने खालका नभएको भन्दै सात दिनभित्र महानगरपालिकामा अनिवार्य सम्पर्क गर्न सूचना जारी गरेको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को उपनियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नेपर्ने व्यवस्था छ । तर धेरै विद्यालयले यसको पालना गरेका छैनन् ।

संस्थागत विद्यालयहरुले सात दिनभित्र महानगरपालिकामा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अघि नबढाएमा विद्यार्थी भर्ना प्रक्रिया नै रोक्नेसहितका कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्ने छ । अन्यथा शिक्षा नियमावली २०५९, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवथापन नियमावली, २०७४ तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने आज सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }