शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बढ्दो संक्रमण

शनिबार २१२० जना कोरोनाका संक्रमित थपिए, थप ८ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 332
    SHARES

काठमाण्डौ,१७ असोज।     नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो ।

काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ६७, दोलखामा ६५, सिन्धुपाल्चोकमा ४१ र कैलालीमा ७९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा २८ र चितवनमा ७६ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

आज २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा आज ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जना गरी काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ४०, प्रदेश नम्बर २ मा ६ सय ११, बागमती प्रदेशमा ६ हजार ८ सय ९३ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ५१, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ९ हजार ७ सय ७७ जना रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५, प्रदेश नम्बर २ मा ५ सय १८, बागमती प्रदेशमा ७ हजार ३७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ५, कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय २ गरी देशभरी ११ हजार ५ सय २९ जना रहेका छन ।

आज २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ६ सय ५५ प्रदेश नम्बर २ मा १४ हजार २ सय १५, बागमती प्रदेशमा १९ हजार ६ सय ५६ र गण्डकी प्रदेशमा ३ हजार ५ सय ९९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ४६, कर्णाली प्रदेशमा ३ हजार १ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय १४ गरी आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन । आज आइसियुमा २ सय १४ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }