बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाण्डौ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार नजिक


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०७७
  • 551
    SHARES

काठमाण्डौ ,१७ असोज।  काठमाण्डौ महानगरपालिकामा कोरोना  सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । काठमाण्डौ महानगरपालिकामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नंम्बर वडाका छन् ।  १५ नंम्बर वडामा ८ सय ७१  जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५००  भन्दा बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । होम आइसोलेसनमा बस्नेको सङ्ख्या दुई हजार ९ सय ९० रहेको छ । अस्पतालमा उपचार गराइरहेका ५ सय ७२, संस्थागत आइसोलेसनमा ५ सय ८३ रहेका छन् । पाँच हजार ५सय ९ जना निको भएर घर फर्किसकेका छन्। सङ्क्रमणको कारण ८० जनाको मृत्यु भएको महानगरपालिकाले जनाएको छ।

सरकारले भने अनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमितको संख्कोया बढ्दो छ।  उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको  स्वास्थ्य मन्त्रालयको भनाई छ।  सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थल र बजारमामा दैनिकजसो बढ्दो भीडभाडले गर्दा उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ । अहिले देशभरिको कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । नौ हजार ४७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २१० आइसियू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }