शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

इन्डियन प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्स पराजित


  • अर्पित चापागाँई
  • आइतवार, अशोज १८, २०७७
  • 489
    SHARES

दुबई,१८ असोज। इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति (शनिबार) खेलिएको प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरको उत्कृष्ट प्रदर्शनले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीका लागि श्रेयसले ३८ बलमा अविजित ८८ रनको योगदान गरेका थिए । उनले ६ छक्का र ७ चौका प्रहार गरेका थिए ।

दिल्लीका लागि फर्ममा रहेका अर्का ब्याट्सम्यान पृथ्वी शले पनि ४१ बलमा ६६ रन बनाएका थिए । शिखर धवनले २६ तथा रिषभ पन्तले ३८ रनको योगदान गरेका थिए ।

जितका लागि २२९ रनको विशाल लक्ष्य पाएको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो । केकेआरका लागि नितिष रानाले ५८, इओन मोर्गनले ४४ तथा राहुल त्रिपाठीले ३६ रन बनाएका थिए ।

यो जितसँगै दिल्ली क्यापिटल्सले ४ खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा उक्लेको छ । रोयल च्यालेन्जर्स बैंगलोर पनि समान ६ अंकका साथ दोस्रो स्थानमा छ ।

महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्स भने ४ खेलबाट २ अंकमात्र बनाएर अंक तालिकामा पुछारमा छ । (एजेन्सी)

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }