बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषि फार्म हटाउन स्थानीयको माग


  • माउन्टेन खबर
  • आइतवार, अशोज १८, २०७७
  • 890
    SHARES

ललितपुर,१८ असोज। ललितपुर महानगरपालिका वडा नं. १५ नयाँ वस्तिमा रहेको राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषि फार्म हटाउन स्थानीयहरुले माग गरेका छन् ।

नयाँ वस्तिका स्थानीयहरु स्थानीय वडा अध्यक्ष सहित प्रतिष्ठानको कार्यालयमा पुगेर बंगुर पालन र कुखुरापालन रहेको फार्महाउस हटाउन माग गरेका हुन् । उनीहरुले फार्महाउसका कारण स्थानीय वस्तिमा दुर्गन्ध फैलिएको र विभिन्न रोगको सिकार हुनु परेको भन्दै छिटो भन्दा छिटो फार्महाउस हटाउन माग गरेका हुन् । वडा अध्यक्ष शुदर्शन मिश्रले फार्महाउसको फोहोरको दुर्गन्धले स्थानीय वस्तीमा असर परेकोले फार्म हाउसलाई उपयुक्त ठाउँमा सार्न माग गर्नुभयो । उहाँले स्थानीयहरुको माग जायज भएकाले कृषि अनुसन्धान परिषद् अन्तर्गतको प्रतिष्ठानले फार्महाउस स्थानान्तरण गरी स्थानीयको समस्या सम्बोधन गर्नुपर्ने बताउनुभयो । यस अघि पनि स्थानीय नागरिकले पटक पटक जानकारी गराउँदा समेत माग पुरा नभएकाले यसपटक अन्तिम पटक माग सहितको पत्र बुझाइएको र अब पनि माग सम्बोधन नभए सशक्त ढंगले संघर्ष गरिने बताउनुभयो ।

स्थानीयले यस अघि पनि फार्म हाउस हटाउन माग गर्दै २०७४ असार ४ गते प्रतिष्ठानलाई पत्र बुझाएका थिए । हालसम्म आफुहरुका माग पुरा नहुँदा आन्दोलित हुनुपर्ने अवस्थामा पुगेको स्थानीयहरुले बताएका छन् । उनीहरुले नागरिकको आवाज नसुन्ने सरकारी कार्यालय आफुहरुका लागि आवस्यक नभएको समेत बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }