बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नं ५ का मुख्यमन्त्री सवार गाडीमा बुटवलमा ढुङ्गा प्रहार


  • माउन्टेन खबर
  • आइतवार, अशोज १८, २०७७
  • 702
    SHARES

बुटवल,१८ असोज।    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि लक्ष्य गरेर आज बुटवलमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँबाट रुपन्देही आउँदै गर्नुभएका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गर्नुभएका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।

अज्ञात समूहको आक्रमणबाट गाडीको सिसा फुटेको र गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो । मुख्यमन्त्री सवार गाडीसहित उहाँको स्कर्टिङ गर्ने दुई गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रदेश नं ५ को राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकिई मुख्यमन्त्री पोखरेल काठमाडौँ जानुभएको थियो । स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले आज रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }