सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश राजधानी विरोध

बिरोध गर्ने संबैधानीक हकलाई प्रदेश सरकारले सम्मानपूर्बक ग्रहण गर्ने– मुख्यमन्त्री पोखरेल

प्रदेश राजधानीको बिषयलाई लिएर महासचिब पौडेल माथी भै रहेको टिप्पणी अशोभनिय


  • माउन्टेन खबर
  • आइतवार, अशोज १८, २०७७
  • 734
    SHARES
काठमाडौं । प्रदेश पाँचका मुख्यमन्त्री शंंकर पोखरेलले निर्णयमा चित्त नबुझे बिरोध गर्ने संबैधानीक हकलाई प्रदेश सरकारले सम्मानपूर्बक ग्रहण गर्ने बताउनु भएको छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा नयाँ संरचना निर्माण गरेर यस प्रदेशका बासिन्दाको साझा मनोबिज्ञान तयार पारिने बताउनु भयो । उहाले भन्नुभयो, बुटबल बाट राजधानी सार्न लागेको होईन ,भालुवाङमा स्थायी संरचना नबन्दासम्म त्यहीँ रहन्छ, राजधानी सर्ने भन्दा पनि नयाँ पुस्ताका लागि नयाँ ठाउको बिकास गर्न लागेको उहाले बताउनुभयो ।
मुख्यमन्त्री पोखरेले राजधानी कहाँ रहने भन्ने बिषय प्रदेश शभाले तय गर्ने कुरा भएको जनाउदै पार्टीका शिर्षनेताहरुसंग परामर्स गरिएको बताउनु भयो ।
बुटवलबाट राजधानी सार्न खोजेको भन्दै पार्टी महासचिब बिष्णु पौडेलप्रति भैरहेको टिकाटिप्पणी प्रति असन्तुष्टि जनाउदै मुख्यमन्त्री पोखरेलले राष्ट्रिय राजनीतिको एक सम्मानित ब्यक्तिमाथी प्रदेश राजधानीको बिषयलाई लिएर गरिने टिप्पणी अशोभनिय भएको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले प्रतिपक्ष दललाई समेत सहमतिमा लिएर यस बिषयमा अघि बढ्ने जानकारी दिनुभयो । यसैबीच महासचिब बिष्णु पौडेलले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दहाललाई प्रदेश पाँचको राजधानी बुटवलमै राख्नुपर्ने माग गर्नुभएको छ ।
प्रदेश पाँचका मुख्यमन्त्री पोखरेल सहित नेता जनार्दन शर्माको उपस्थितीमा प्रधानमन्त्री निबास बालुवाटारमा भएको दुई अध्यक्षसंगको भेटमा महासचिब पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्नु भएको थियो । उता राजधानीको बिषयमा पार्टीका शिर्षनेताहरुको सहमति लिएर बुटबल पुग्नु भएका मुख्यमन्त्री पोखरेल सबार गाडी माथी ढुगामुढा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)