शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

आइतबार अपराह्नको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हरायो

मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा २०७ रनको विशाल स्कोर बनायो


  • माउन्टेन खबर
  • आइतवार, अशोज १८, २०७७
  • 377
    SHARES

दुबई, १८ असोज। इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार अपराह्न खेलिएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा २०७ रनको विशाल स्कोर खडा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्मा ६ रन बनाएर आउट भएपनि मध्यक्रमका ब्याट्सम्यानहरु क्विन्टन डी ककले ६७, सूर्यकुमार यादवले २७, इसान किसनले ३१, हार्दिक पान्ड्याले २८, कायरन पोलार्डले २५ तथा क्रुनाल पान्ड्याले २० रन बनाएका थिए ।

२०८ रनको विशाल लक्ष्य पहिल्याउने क्रममा सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रनमात्र बनाएको थियो । सनराइजर्सका कप्तान डेभिड वार्नरले ६० रन बनाउनु बाहेक अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् ।

यो जितसँगै ५ खेल खेलेको मुम्बई ३ जित, २ हारसँगै ६ अंक बनाएर अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)