आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना परीक्षण प्रविधि

भारतमा सस्तो र छिटो परीणाम आउने कोरोना भाइरसको परीक्षण प्रविधिको विकास


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०७७
  • 378
    SHARES

काठमाण्डौ,१९ असोज।    भारतका वैज्ञानिकहरुको समूहले सस्तो र छिटो परीणाम आउने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास गरेका छन् ।

यो प्रविधि गर्भ रहे नरहेको परीक्षण गर्ने प्रेग्नेन्सी टेस्ट किट जस्तै र त्यति नै छिटो परिणाम आउने रहेको वैज्ञानिकहरुको दाबी छ । प्रविधिको विकास अनुवांशिक सम्पादन प्रविधि सम्बन्धी वैज्ञानिकहरुको संस्था किस्परले निर्माण गरेको हो ।

फिलुदा नाम दिइएको सो परीक्षण प्रविधि मार्फत् कोरोना पोजेटिभ भए नभएको एक घन्टाभित्र थाहा हुने र यसको शुल्क पनि ५ सय मात्रै पर्ने बताइएको छ । फिलुदा भारतको प्रतिष्ठित व्यापारिक घराना टाटाले निर्माण गरेको हो । यो विश्वमै पहिलोपटक कागजबाट बनेको कोभिड-१९ परीक्षण प्रविधि हो ।

भारतले विश्वमा सस्तो र छिटो कोरोना परिक्षण गर्ने फिलुदा नामक सो प्रविधि बजारमा ल्याएको हो । भारतमा हालसम्म ६६ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने १ लाख २ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)