आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति

अस्पतालबाहिर रहेका समर्थकमाझ अकस्मात पुगे अमेरिकी राष्ट्रपति


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०७७
  • 493
    SHARES

काठमाण्डौ,१९ असोज।     कोरोना भाइरसको संक्रमणपछि उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आश्चर्यजनक रुपमा अस्पतालबाट बाहिर आएर समर्थकहरुलाई भेट दिनुभएको छ ।

अस्पतामा भेला भएका सुभेच्छुक र समर्थकहरुलाई राष्ट्रपति ट्रम्पले मोटरकेडमा मास्क लगाएर गुडिरहेकै अवस्थामा अभिवादन गर्नुभएको हो ।

ट्वीटर मार्फत् आश्चर्यजन भेट दिने सार्वजनिक गरे लगत्तै राष्ट्रपति ट्रम्प मोटरकेडमा आएर समर्थकहरुको हौसला बढाउनु भएको हो । कोरोना महामारीको सही तरिकाले व्यवस्थापन गर्न नसकेको भन्दै आलोचित बन्नु भएका राष्ट्रपति ट्रम्पले आफैं संक्रमित भएपछि भाइरसका विषयमा धेरैकुरा सिक्नु भएको छ ।

राष्ट्रपति ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरुले राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा निरन्तर प्रगति भएको र सोमबार अस्पतालबाट डिस्चार्ज गर्ने बताएका छन् ।

उपचार थालिएपछि राष्ट्रपति ट्रम्पको शरीरमा अक्सिजनको मात्रा दुई पटक तल झरेको र उहाँले डेक्सामिथासोन नामक स्टेरोइड औषधि लिन थाल्नु भएको जनाइएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना पोजेटिभ देखिए लगत्तै देखि थप अक्सिजन दिन थालिएको चिकित्सकहरुले बताएका छन् ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)