शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गैरआवासीय नेपाली युवाहरूको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने, प्रथम पुरस्कार एक लाख रुपैयाँ


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०७७
  • 699
    SHARES
अमेरिका। आज सम्पन्न गैरआवासीय नेपाली संघको भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का पदाधिकारीहरूको संयुक्त अनलाइन बैठकले आउँदो श्री पञ्चमीका दिन उन्नाइस वर्ष मुनिका गैरआवासीय नेपाली युवाहरूबिच “अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता” संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।
विजयी प्रथम हुने युवा कविलाई रु एक लाख र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने त्यसै गरि द्दितीय हुनेलाई पचास हजार , तृतीयलाई पच्चीसहजार र अङ्ग्रेजी विधा तर्फका उत्कृष्ट एक कविलाई पच्चीस हजार र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्वज्ञ वाग्ले ( अमेरिका ) र सदस्यहरू महेश्वर पन्त ( अमेरिका ) , तीर्थ सङ्गम राई ( कतार ) , डा. केशव शर्मा ( अस्ट्रेलिया ) , विमला निरौला ( अमेरिका ) , गणेश खडका ( अफ्रिका ) , गिरिजा गैह्रे ( जापान ), विष्णुमाया विभू ( नर्वे ) र महता घिमिरे ( अस्ट्रेलिया ) रहेका छन् । त्यसैगरि समितिको सल्लाहकारमा प्रा. डा. हेमनाथ पौडेल ( नेपाल प्रज्ञा प्रतिष्ठान ) , गैरआवासीय नेपाली संघका भाषा ,साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य केन्द्रीय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहेका छन् ।
बैठकमा अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला , वरिष्ठ उपाध्यक्ष गोवर्द्दन पूजा , उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौला, कोषाध्यक्ष कृष्ण गिरी, सदस्यहरू निजानन्द मल्ल, डा. रेणुका सोलुलगायतका पदाधिकारीहरू र एनआरएनए भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा , उपाध्यक्षहरू महेश्वर पन्त, हरि पौडेल , बेलुकाजी थापा , सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि आगामी दिनहरूमा संयुक्तरुपमा कार्यक्रमहरू गर्दै लैजाने समेतमा छलफल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }