बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरिने


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०७७
  • 905
    SHARES

विराटनगर, १९ असोज । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरिने भएको छ । विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नति गर्न आज (सोमबार) प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समझादारी भएको छ ।

समझदारीपत्रमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, नेपाल सरकारका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेल र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले हस्ताक्षर गर्नु भएको छ ।

हस्ताक्षरपछि विमानस्थलको मौजुदा धावन मार्गलाई ३ हजार मिटरको बनाउने, धावन मार्गका लागि चाहिले जग्गा अधिग्रहण गर्ने, टर्मिनल भवन निर्माण गर्ने, भौतिक संरचना तयार गर्ने जस्ता कार्य रहेको छ भने यसमा नेपाल सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम बेहोर्ने प्रावधान राखिएको छ ।

हाल आन्तरिक उडान मात्र हुने यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएमा यहाँबाट बंगलादेश, भारतका विभिन्न राज्य, भूटान र सिक्किमसँग सिधै हवाई यात्रा गर्न सकिने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले उक्त विमानस्थललाई स्तरोन्नति गर्ने कार्यक्रमको उद्घाटन गर्दै विराटनगर विमानस्थलको स्तरोन्नतिले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मद्दत पुग्ने बताउनु भयो।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन प्राथमिकतामा राखेको बताउनु भयो । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा १४ वटा विमानस्थल रहे पनि पाँचवटा मात्र सञ्चालनमा रहेको जानकारी दिँदै विराटनगर विमानस्थलको भौतिक पूर्वाधार एवं धावन मार्ग विस्तार गर्न केही समय पहिले साढे चार बिघा जमीन अधिग्रहण भइसकेको जानकारी दिनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }