शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी मङ्सिरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०७७
  • 426
    SHARES
काठमाडौँ, १९ असोज । नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ ।
प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो ।
प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुने तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो । यसअघि नगद पुरस्कारको राशि क्रमशः रु ३०, २५ र २० हजार थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }