शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

फ्रेन्चाईचिज लिग मारमा


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०७७
  • 625
    SHARES

काठमाण्डौ,२० असोज। इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटले यति बेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपिएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ ।

कोरोनाको चपेटामा परेका आयोजकले सकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्न सक्ने दावी गरेका छन् ।
मुखैमा आएको एभरेष्ट प्रिमियर लिग विश्व भर फैलिएको कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भयो ।

वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो । तर कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजकले गरेको प्रचारबाजी प्रचारमा नै सिमित भयो । लाखौं खर्चेर गरिएको कार्यक्रमलाई कोरोनाको कारण स्थगित गर्नुप¥यो ।

नेपालमा फ्रेन्चाईज लिगको अवधारणा सहित स्थापित भएको धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ती जारी गरेर अनिश्चित कालका लागि स्थगित भइसकेको छ । प्रतियोगिता अनिश्चतकालका लागि स्थिगित गर्नु पर्दा खेलाडी देखी विज्ञापन दाता, आयोजक  सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताउनुभयो ।


कार्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन । आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ । यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंक धेरै छ । महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि  प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नु पर्ने शाहीले बताउनुभयो ।

नेपालमा क्रिकेटसंघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले क्यालेन्डरमा समावेश गरेर सञ्चालनको वातावरण गराउनु पर्ने कतिपयले सुझाउँदै आएका छन् । महामारीको अवस्थालाई उच्च सतर्कता अपाउनाउँदै  खेलकुद गतिविधि सुचारु गर्नु पर्ने विज्ञले सुझाव दिइरहेका छन् । सरकारले महामारीलाई कारण देखाएर खेलकुद गतिविधि रोक्नु खेलकुदका लागि अन्याय हुन्छ । त्यसैले आवश्यक मापदण्ड तोकेर कडाईका साथ लागू गरी खेलकुद गतिविधि चलायमान बनाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)