आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आन्तरिक उडान

यती एयरलाइन्सको सिमरा उडान शुरु (भिडियो रिर्पोट)


  • माउन्टेन खबर
  • बुधबार, अशोज २१, २०७७
  • 1.4K
    SHARES

काठमाडौं,२१ असोज।  यती एयरलाइन्सले आज (बुधबार) देखि काठमाडौं¬–सिमरा–काठमाडौं उडान शुरु गरेको छ ।
एयरलाइन्सले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौं देखि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो ।

एयरलाइन्सले उच्च सतर्कता अपनाएर आजबाट काठमाडौं–सिमारा–काठमाडौं उडान सुचारु गरिएको बताएको छ । आज नाइन एन–एएलएज  कल साइन भएको जेटस्ट्रीम–४१ विमान मार्फत विहान ९ बजेर १० मिनेटमा पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ बजेर ४५ मिनेटमा हुने पनि एयरलाइन्सले बताएको छ ।

एयरलाइन्सले कोभिड संक्रमणको रोकथामका सबै मापदण्ड अपनाएर यात्रा गर्ने वातावरण मिलाएको बताएको छ । एयरलाइन्समा यात्रा गर्ने यात्रुले पनि धेरै समय पछि यति एयरलाइन्समार्फत यात्रा गर्न पाउँदा सुरक्षित महसुस भएको बताएका छन् ।

कोभिड १९ संक्रमणको जोखिमलाई उच्चतम ध्यान दिई यात्रुलाई सुरक्षित भई यात्रा गर्ने वातावरण एयरलाइन्सले बनाएको यात्रुहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }