शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

कोलकत्तासँग चेन्नई पराजित


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २२, २०७७
  • 761
    SHARES

एजेन्सी । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ

।इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको गएराति सम्पन्न खेलमा कोलकाता नाइटराइडर्सले चेन्नइ सुपर किङ्सलाई १० रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको कोलकाता नाइटराइडर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाउन सफल भएको थियो ।

जितको लक्ष्यसहित १६८ रन पछ्याउँदै महेन्द्रसिंह धोनी क्याप्टेनशीपमा ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५७ रनमा समेटिएपछि यो जित कोलकाताको हातमा गएको हो ।

कोलकाताका राहुल त्रिपाठीले ५१ बलमा ८१ रन बनाउन सफल भएपछि उनि म्यान अफ द म्याच घोषित भएका थिए । यो जितसँगै कोलकाता पाँच खेलमा तीन खेल जित्दै ६ अंक बटुल्न सफल भएको छ ।

आज साँझ हुने खेल सनराईजर्स हैदराबाद र किङ्स इलेभन पञ्जावबीच हुँदैछ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)