शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्यानले सुरु गर्यो खुल्ला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्ने प्रकृया


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २३, २०७७
  • 317
    SHARES

काठमाडौं ,२३ असोज। नेपाल क्रिकेट संघ (क्यान) लाई खुल्ला आवेदनबाट विश्वस्तरीय प्रशिक्षक छान्न सबै पक्षबाट सुझाव आएपछि क्यानले प्रशिक्षकका लागि दरखास्त आव्हान गरिसकेको छ । दरखास्तको मिति अहिले  सकिएको छ । तर अहिले सम्म को–कसले दरखास्त दिएको सर्वाजनिक भने भएको छैन । छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ अहिले चासोको विषय बनेको छ ।

दुई दशक अगाडि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो । श्रीलंकाली प्रशिक्षक डायसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मेहनत गरेर क्रिकेटको बलियो जग बसालेसँगै अर्का प्रशिक्षक पुवुदले नेपाली क्रिकेटलाई नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेले । त्यसपछि नेपालले विभिन्न डिभिजनका खेललाई पार गर्दै अहिले एक दिवसीय मान्यता पाएको छ । ट्वान्टी–२० विश्वकपमा पनि अनुभव बटुल्न सफल भयो, नेपाली टोली ।  त्यसो त अहिले सम्म अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपाली टोलीलाई १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिइसकेका छन् । यो अवधिकमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा स्थान पनि बनाउन सफल भयो । पछिल्लो समय पाएको सफलतालाई जोगाउनका  लागि आउँदो दिनमा अनुभवि र नेपाली टोलीलाई धेरै भन्दा धेरै मैत्रिपूर्ण खेलको तालमेल गर्ने प्रशिक्षक खाँचो भएको धेरैले औल्याउँदै आएका छन् । अहिलेको अवस्थामा नेपाली क्रिकेट टोलीका लािग अनुभवि र अन्तर्राष्ट्रिय स्तरमा बलियो प्रभाव भएको प्रशिक्षक आवश्यक भएको बताउनुहुन्छ पूर्व क्रिकेटर पवन अग्रवाल ।

अहिले विश्व कोरोना महामारीको चपेटामा परेको छ । क्रिकेट गतिविधि चलायमान त्यति हुन सकेका छैनन् । यो समय क्यानलाई नयाँ प्रशिक्षक खोज्ने उपयुक्त समय मिलेको छ । नेपाली टिमको प्रशिक्षक बनेर को आउला भन्ने चासो सर्बत्र बढ्दै गइरहेको अवस्थामा पूर्व कप्तान विनोद दाशले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपाललाई विश्व क्रिकेटलाई नजिकबाट बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको बताउनुभयो ।

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक विहिन छ । राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी तोकिएको छ । तर क्रिकेटको गतिविधि भने शून्य छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित गरिरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न  पदाधिकारीको नियुत्तीलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउन यथाशिघ्र कदम चाल्नु पर्ने आश्यक देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)