शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

शुक्रबारको खेलमा दिल्ली क्यापिटल्स संग राजस्थान रोयल्स ४६ रनले पराजित


  • माउन्टेन खबर
  • शनिबार, अशोज २४, २०७७
  • 495
    SHARES

शारजाह।  इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ ।

टस जितेर पहिले बलिङ रोजेको राजस्थानले निकै कसिलो बलिङ र फिल्डिङ गरे पनि दिल्ली क्यापिटल्सले ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । दिल्लीका लागि सबैभन्दा बढी रन शिमरन हेटमायरले २४ बलमा ४५ रन बनाएका थिए । उनले पाँच छक्का र १ चौका प्रहार गरेका थिए ।

अन्य खेलाडीहरुमा पृथ्वी शले १९, शिखर धवनले ५, श्रेयस ऐयरले २२, रिषभ पन्तले ५, मार्कस एस्टोनिसले ३९, हर्शल पटेलले १६, अक्षर पटेलले १७ रन बनाएका थिए ।

१८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको राजस्थानले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाउन सक्यो ।

राजस्थानका लागि यशस्वी जैसवाल (३४), स्टिभन स्मिथ (२४), राहुल तेबतीया (३८) ले मात्र केही उल्लेखनीय रन बनाएका थिए, तर यो जितका लागि पर्याप्त भएन ।

दिल्लीका लागि कागिसो राबाडाले ३ विकेट लिए ।

अंक तालिका

दिल्ली क्यापिटल्स – १०

मुम्बई इन्डियन्स – ८

सनराइजर्स हैदराबाद – ६

कोलकाता नाइट राइडर्स – ६

रोयल च्यालेन्जर्स बैंगलोर – ६

चेन्नाई सुपर किंग्स – ४

राजस्थान रोयल्स – ४

किंग्स इलेभेन पञ्जाब – २

 

शनिबारका खेल
१. किंग्स इलेभेन पञ्जाब विरुद्ध कोलकाता नाइट राइडर्स
२. चेन्नाई सुपर किंग्स विरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)