शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रेन्च ओपन

फ्रेन्च ओपन पोल्यान्डकी १९ वर्षीया किशोरीको पोल्टामा

यो विजयसँगै इगा स्वाइटेक विश्व वरियतामा १७ नम्बरमा उक्लेकी छिन्


  • माउन्टेन खबर
  • आइतवार, अशोज २५, २०७७
  • 918
    SHARES

पेरिस। फ्रेन्च ओपनमा महिला तर्फको एकल प्रतिस्पर्धामा यसपटक पोल्यान्डकी किशोरी इगा स्वाइटेकले हात पारेकी छिन् । उनी महिला तर्फ फ्रेन्च ओपन जित्ने पहिलो पोलिस महिला खेलाडी हुन् ।

रोलाँ ग्यारोसमा शनिबार भएको फाइनलमा उनले पाँचौं वरियताकी अमेरिकी खेलाडी सोफिया केनिनलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरिन् । इगाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

विश्व वरियतामा समेत नपरेकी इगाको उमेर १९ वर्ष मात्र छ । उनी यो विजयसँगै विश्व वरियतामा १७ नम्बरमा उक्लेकी छिन् । आफूले राफायल नाडालले हरेक पटक उपाधि जितेको देखेर कुनै दिन आफू पनि यस्तै उपाधि जित्ने सपना देख्ने गरेको उनले बताइन् ।

आइतबार पुरुष एकलतर्फ दुई धुरन्धर टेनिस खेलाडीहरु राफायल नाडाल र नोभाक जोकोभिच बीच प्रतिस्पर्धा हुँदैछ ।एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)