शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लि

पञ्जाब २ रनले केकेआरसँग पराजित


  • माउन्टेन खबर
  • आइतवार, अशोज २५, २०७७
  • 448
    SHARES

अबुधाबी। इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले किंग्स इलेभेन पञ्जाबलाई नाटकीय रुपमा २ रनले पराजित गरेको छ ।

केही सुस्त देखिएको पिचमा पहिले ब्याटिङ गरी केकेआरले ६ विकेटको क्षतिमा १६४ रन मात्र बनाउन सकेको थियो । जितका लागि १६५ रनको मध्यम स्कोर पछ्याएको पञ्जाबले एक समय सहजै खेल जित्ने अवस्थामा देखिएको थियो ।

पहिलो विकेटका लागि पञ्जाबका कप्तान केएल राहुल (७४ रन) र मयंक अग्रवाल (५६) ले ११५ रनको साझेदारी गरे पनि टिमलाई जित दिलाउन सकेनन् र २० ओभरमा केबल १६२ रन बनायो ।

पञ्जाबलाई अन्तिम ३ ओभरमा २२ रन मात्र चाहिएको थियो । तर कोलकाताका बलरहरु सुनिल नारान र प्रसिध कृष्णाले कसिलो बलिङ गर्दै तीन महत्वपूर्ण विकेट आउट गर्नुका साथै रन पनि रोकेका थिए ।

अन्तिम बल चौका

अन्तिम ओभरको अन्तिम बलमा पञ्जाबका ग्लेन म्याक्सवेलले छक्का प्रहार गरेको भए म्याच बराबरी हुन्थ्यो, र सुपर ओभर खेलाइन्थ्यो तर म्याक्सवेलले हानेको बल बाउन्ड्री लाइनभित्र खस्यो । एक वा दुई सेन्टिमिटर भित्र बल खसेकाले चौका भयो, र म्याच केकेआरले जित्यो ।

यो हारसँगै पञ्जाब सात खेलमध्ये १ खेल मात्र जितेर २ अंक सहित अंक तालिकाको पुछारमा छ । यस हारसँगै प्रतियोगितामा पञ्जाब उत्कृष्ट चारमा पर्ने सम्भावना क्षीण भएको छ ।
केकेआरले भने महत्वपूर्ण २ अंक बटुल्दै आठ अंक बनाएको छ, र अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध चेन्नाइ सुपर किंग्स

शनिबारको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नाई सुपर किंग्सबीच हुँदैछ ।

टस जितेर पहिलो ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा १६९ रन मात्र बनाएको छ । टिमका लागि कप्तान विराट कोहलीले व्यक्तिगत अविजित ९० रन बनाए ।

पछिल्लो अंक तालिका

दिल्ली क्यापिटल्स – १०

मुम्बई इन्डियन्स – ८

कोलकाता नाइट राइडर्स – ८

सनराइजर्स हैदराबाद – ६

रोयल च्यालेन्जर्स बैंगलोर – ६

चेन्नाई सुपर किंग्स – ४

राजस्थान रोयल्स – ४

किंग्स इलेभेन पञ्जाब – २

-एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)