शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

सनराइजर्स हैदराबाद पाँच विकेटले पराजित

राजस्थान रोयल्स का राहुल तेबतीयाको महत्वपूर्ण इनिङ


  • माउन्टेन खबर
  • आइतवार, अशोज २५, २०७७
  • 1.1K
    SHARES

दुबई। इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा राजस्थान रोयल्स (आरआर) का राहुल तेबतीयाको महत्वपूर्ण इनिङको मद्दतले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ ।

केही सुस्त देखिएको पिचमा पहिले ब्याटिङ गरी हैदराबादले ४ विकेटको क्षतिमा १५८ रन मात्र बनाउन सकेको थियो । जितका लागि १५९ रनको मध्यम स्कोर पछ्याएको राजस्थानले १९.५ ओभरमा पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो ।

राजस्थानका लागि जितको हिरो यसपटक पनि राहुल तेबतीया बने । एक समय राजस्थान पराजित हुने खतरा उत्पन्न भइसकेको अवस्थामा तेबतीयाले २८ बलमा २ छक्का र ४ चौका प्रहार गरी नटआउट ४५ रन बनाएका थिए ।

राजस्थानका लागि अन्य खेलाडीहरुमा रियान परागले ४५, सन्जु सामसनले २६, रोबिन उथप्पाले १८, जस बटलरले १६ तथा बेन स्टोक र कप्तान स्टिभन स्मिथले समान ५–५ रन मात्र बनाएका थिए ।

यसअघि हैदराबादले कप्तान डेभिड वार्नरको ४८ तथा मनिष पाण्डेको ५४ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै रन बनाउन सकेनन् ।

राजस्थानका जोफ्रा आर्चर (१), एस गोपाल, कार्तिक त्यागी (१), जयदेव उनाडकट (१) ले कसिलो बलिङ गरेका थिए ।

यस खेलमा तेबतीयालाई म्यान अफ द म्याचको पुरस्कार दिइएको छ ।

यो जितसँगै राजस्थान रोयल्सले ७ खेलबाट ६ अंक बटुलेको छ र अंक तालिकाको छैटौं स्थानमा छ । हैदराबाद पनि ७ खेलबाट ६ अंकका साथ पाँचौं स्थान (रनरेटका आधारमा) मा कायमै छ ।

आइतबार दोस्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच भइरहेको छ ।

पछिल्लो अंक तालिका

दिल्ली क्यापिटल्स – १०

मुम्बई इन्डियन्स – ८

कोलकाता नाइट राइडर्स – ८

रोयल च्यालेन्जर्स बैंगलोर – ८

सनराइजर्स हैदराबाद – ६

राजस्थान रोयल्स – ६

चेन्नाई सुपर किंग्स – ४

किंग्स इलेभेन पञ्जाब – २

एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)