शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

दिल्ली क्यापिटल्स पाँच विकेटले पराजित

मुम्बई अंक तालिकामा १० अंक सहित शीर्ष स्थानमा


  • माउन्टेन खबर
  • सोमवार, अशोज २६, २०७७
  • 596
    SHARES

अबुधाबी।  इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको छ ।

यो जितसँगै मुम्बई अंक तालिकामा १० अंक सहित शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक रहेको दिल्ली रनरेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले ठूलो स्कोर खडा गर्न सकेन । दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन मात्र बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ६९, कप्तान श्रेयस ऐयरले ४२ रन बनाए पनि टिमले मध्यम स्कोरको मात्र चुनौती प्रस्तुत गरेको थियो ।

मुम्बईका बलरहरु जसप्रित बुम्राह, क्रुनाल पाण्ड्या समेतले कसिलो बलिङ गर्नुका साथै राम्रो क्षेत्ररक्षण गरेका थिए ।

केही सुस्त देखिएको पिचमा दिल्लीले प्रस्तुत गरेको चुनौती प्राप्त गर्न मुम्बईलाई कठिन हुने अनुमान गरिएको थियो । तर मुम्बईका ब्याट्सम्यानले सुझबुझ देखाउँदै निर्धारित १६३ को लक्ष्य १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

मुम्बईका लागि क्वीन्टन डी ककले ५३, सूर्य कुमार यादवले ५३, इसन किसनले २८ रन बनाएका थिए ।

दिल्लीका लागि कागिसो राबाडाले २८ रन दिएर २ विकेट लिए पनि टिमलाई जिताउन पर्याप्त भएन ।

पछिल्लो अंक तालिका

मुम्बई इन्डियन्स – १०

दिल्ली क्यापिटल्स – १०

कोलकाता नाइट राइडर्स – ८

रोयल च्यालेन्जर्स बैंगलोर – ८

सनराइजर्स हैदराबाद – ६

राजस्थान रोयल्स – ६

चेन्नाई सुपर किंग्स – ४

किंग्स इलेभेन पञ्जाब – २

एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)