शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

दिल्लीको लगातार चौथो हार


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०७७
  • 659
    SHARES
  •  (तस्वीरः एएनआइ)

दुबई। इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ ।

मुम्बईका बलर जसप्रित बुमराह र ट्रेन्ट बोल्टको धारिलो बलिङका कारण संकटमा परेको दिल्लीले पहिले ब्याटिङ गर्दै पूरै २० ओभरको खेलमा ९ विकेटको क्षतिमा केबल ११० रन बनाएको थियो । बुमराहले ४ ओभरमा ३ विकेट लिएका थिए भने बोल्टले पनि समान ३ विकेट लिएका थिए ।

बुमराहका लागि आजको खेल निकै महत्वपूर्ण रह्यो । चालू सिजनमा कूल २३ विकेट लिएका बुमराहले दिल्लीका कागिसो रबाडाकै बराबर अर्थात् समान २३ विकेट लिएका छन् । सबैभन्दा बढी विकेट लिने खेलाडीलाई दिइने “पर्पल क्याप” दुबै खेलाडीले पाएका छन् ।

झिनो लक्ष पछ्याएको मुम्बईले १ विकेट मात्र गुमाएर लक्ष पूरा गरेको थियो जसमा प्रारम्भिक ब्याट्सम्यान इशान किशनले ४७ बलमा सर्वाधिक ७२ रन बनाएका थिए । उनले ३ छक्का र आठ चौका प्रहार गरेका थिए । म्यान अफ द म्याचको पुरस्कार पाएका उनी अन्तसम्म आउट भएनन् ।

दिल्ली क्यापिटल्सको यो लगातार चौथो हार हो । पछिल्ला खेलहरुमा फितलो प्रदर्शन गरिरहेको दिल्ली अझै पनि अंक तालिकाको तेस्रो स्थानमा छ । मुम्बई भने १८ अंक सहित शीर्ष स्थानमा छ, र मुम्बई अर्को राउन्डका लागि छनौट भइसकेको छ ।

पछिल्ला चार खेलमा दिल्ली क्यापिटल्सको प्रदर्शन

१. किंग्स इलेभेन पञ्जाबसँग ५ विकेटले पराजित

२. कोलकोता नाइट राइडर्ससँग ५९ रनले पराजित

३. सनराइजर्स हैदराबादसँग ८८ रनले पराजित

४. मुम्बई इन्डियन्ससँग ९ विकेटले पराजित

                                                                     अंक तालिका   

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)