आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदृढ बन्दै चीनको सेवा क्षेत्रको गतिविधि


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २०, २०७७
  • 839
    SHARES

पेचिङ (चीन) । चीनको सेवा क्षेत्रको गतिविधि सुध्रने क्रमले अक्टोबरमा पनि निरन्तरता पाएको छ । कर्मचारी भर्ती बढेसँगै अक्टोबरमा सेवा क्षेत्रको गतिविधि बढेर एक वर्षकै उच्च बिन्दुमा उक्लिएको निजी सर्वेक्षणले देखाएको हो । बजार अनुसन्धाता संस्थाहरू खाइसिन र मार्किटले गरेको संयुक्त सर्वेक्षणअनुसार अक्टोबरमा सेवा क्षेत्रको पर्चेजिङ म्यानेजर्स इन्डेक्स ५६ दशमलव ८ अंकमा पुगेको छ । सूचक मासिक संकुचनलाई वृद्धिबाट अलग्याउने ५० अंकभन्दा माथि रहेको छ ।

सूचक यो स्तरमा पुगेको एक वर्षमा यो पहिलोपटक हो । सेप्टेम्बरमा सूचक ५४ दशमलव ८ अंकमा थियो । सूचक योसँगै लगातार छैटौं महीना पनि बढेको छ । चीनको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा करीब ६० प्रतिशत रहेको छ । महामारी नियन्त्रण भएपछि ठूला म्यानुफ्याक्चरहरूको तुलनामा सेवा क्षेत्र वृद्धिमा फर्कन सुस्त देखिएको थियो । तर हालैका महीनामा यसले गति लिन थालेको छ । यद्यपि, अक्टोबरमा घरेलु माग गतिविधि भने जुलाईको भन्दा पनि तीव्र दरमा खुम्चिएको छ ।

यूरोपमा कोरोना भाइरसको दोस्रो चरणको संकुचन र अमेरिकामा तेस्रो चरणको संक्रमणले गर्दा चीनको सीमापार माग सुस्त भएको खाइसिन इन्साइट ग्रूपका वरिष्ठ अर्थशास्त्री वाङ चले बताएका छन् । यद्यपि, समीक्षा अवधिमा लगातार तेस्रो महीना कम्पनीहरूको कर्मचारी भर्ती भने बढेको छ । यसले श्रम बजारमा पुनर्बहाली भइरहेको संकेत गरेको छ । आफ्नो व्यावसायिक सम्भावनाबारे सेवा प्रदायक कम्पनीहरू अति नै आशावादी देखिएका छन् ।

समीक्षा अवधिमा मनोबल सूचकमा सन् २०१२ यताकै उच्च वृद्धि दृखिएको छ । अक्टोबरमा चीनको सेवा क्षेत्रको गतिविधि सन् २०१३ यताकै उच्च दरले बढेको सरकारी पीएमआई सर्वेक्षणले देखाएको थियो । मागमा भएको वृद्धि, स्टिमुलसमा आधारित पूर्वाधार विस्तार र आश्चर्यजनक ढंगले भएको निर्यातमा देखिएको सुधारले चीनको अर्थतन्त्र पुनर्बहाली भइरहेको छ । तर पश्चिमा देशहरू कोरोना भाइरसको महामारीमा भइरहेको वृद्धि नियन्त्रण गर्न युद्धरत रहेकोले विश्वव्यापी परिदृश्य भने धूमिल देखएको छ । एजेन्सी

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)