आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति निर्वाचन

पेन्सिल्भेनियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पारे

पेन्सिल्भेनिया जिते बाइडनका लागि राष्ट्रपति हुने ढोका खुल्नेछ


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २२, २०७७
  • 448
    SHARES

पेन्सिल्भेनिया राज्यका निर्वाचन अधिकारीहरूले दिएको ताजा मतगणनामा जो बाइडनले डोनल्ड ट्रम्पको अग्रता तोडेका छन्।

त्यहाँको ९८ प्रतिशत मतगणना सकिँदा बाइडन ५,५८७ मतले अगाडि रहेका छन्।

बाइडनले त्यहाँ जिते भने त्यो उनलाई ह्वाइट हाउस पुर्‍याउन पर्याप्त हुनेछ। त्यहाँ जितेमा उनको २७३ इलेक्टरल मत हुनेछ।

त्यहाँ शुरूदेखि ट्रम्पले अग्रता लिए पनि विश्लेषकहरूले हुलाकमार्फत् आएका मतले बाइडनलाई अगाडि बढाउने अपेक्षा गरेका थिए।

अब गन्न बाँकी पनि हुलाकमार्फत् आएका मत रहेकाले बाइडनको अग्रता कायमै रहन सक्ने आकलन छ।

नतिजा आउन बाँकी रहेकामध्ये जोर्जिया, नेभाडा र एरिजोनामा बाइडनको अग्रता छ भने नोर्थ क्यारोलाइना र अलास्कामा ट्रम्पको अग्रता छ।

नोर्थ क्यारोलाइनामा ट्रम्पले १.४ प्रतिशतले अग्रता लिएका छन् भने अलास्कामा ६२.९ प्रतिशत मत उनको पक्षमा गएको छ।वीवीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)